July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

थाई एयर एसियाद्वारा भैरहवामा पुन: उडान

Advertisement

भैरहवा–थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आइतवारदेखी पुनःसुरु गरेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो ।

Advertisement

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार भैरहवामा नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने थाई एयर एसिया एक्लो अन्तराष्ट्रिय एयर कम्पनी बनेको छ ।

उक्त एयरको एयरबस ३२० विमानले आइतवार बैंककबाट १७ जना यात्रुसहित १२ः१५ मा भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भैरहवाबाट १ सय ६२ जना हवाइ यात्रु बोकेर दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंहले जनाएका छन् ।

पहिला उडान गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अहिले भैरहवाबाट नियमित उडान गर्न सकेका छैनन् ।