July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

होटल पौवा भैरहवामा ‘भात भान्सा’ सञ्चालनमा, मंगलबार देउसी–भैलो पनि

Advertisement

भैरहवा– होटल पौवा भैरहवा शाखाले ‘भात भान्सा’ सञ्चालनमा ल्याएको छ । यसका अवसरमा होटलले मंगलबार असोज ४ गते तिहार विशेष देउसी–भैलो पनि आयोजना गर्दै छ । तिहारको संस्कृति जगेर्ना गर्दै मनोरंजन प्रदान गर्न देउसी भैलो कार्यक्रम राखिएको हो । साँझ ६ बजेदेखि देउसी कार्यक्रम हुनेछ ।

Advertisement

होटल भैरहवा शाखाका महाप्रबन्धक शालिकराम खरेल (निशान्त) ले कार्यक्रममा एसके डान्स स्टूडियोको मौलिक नाच प्रस्तुती गरिने जनाए । खरेलले कार्यक्रममा सहभागी हुन सबैमा आग्रह समेत गरे ।

यस्तै, होटलले दुई हप्ता अघि देखि नेपाली टिपिकल खानाका परिकार पस्कने गरी ‘भात भान्सा’ पनि सञ्चालनमा ल्याएको छ । खासगरी भैरहवा क्षेत्रका ग्राहकहरुको चाहनालाई मध्यनजर गरी भात भान्सा संचालनमा ल्याइएको खरेलले जानकारी दिए ।

खरेलले शाकाहारी खाना २ सय, चिकेन खाना ३ सय र मटन खाना ४ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको बताए । खानामा भात, दाल, तरकारी, घ्यु, अचार तथा ग्राहकको रोजाइ अनुसार चिकेन–मटन समावेश गरिने छ । खानामा नेपाली मसालाको प्रयोग गरिने भएकाले निकै स्वादिष्ट हुने होटलले जनाएको छ ।

‘हामीले न्युनतम मूल्यमा गुणस्तरी खाना आमउपभोक्तालाई पस्कने कोसिस गरेका छौं’, उनले भने, ‘खानामा विशुद्ध नेपाली टिपिकल स्वाद छ ।’ सिद्धार्थनगर–६ स्थित उक्त होटल एक दशकअघि संचालनमा आएको हो । होटल स्वादिष्ट खाना उपलब्ध गराएकै कारण धेरै उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।