July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भूमिदेव फर्निचर बजारले ल्यायो ३५ प्रतिशत छुट योजना

Advertisement

भैरहवा– १५ औं वर्षमा कम्पनी प्रवेश गरेको उपलक्ष्यमा र दिपावलीको अवसर पारेर भैरहवाको पड्सरीस्थित ‘भूमिदेव फर्निचर बजार’ ले आफ्ना सम्पूर्ण उत्पादनमा ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ ।

Advertisement

उक्त फर्निचर कम्पनीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलन मार्फत् यो छुटको अफर सोमवारदेखि आउँदो छठ पर्वसम्मका लागि मात्र रहेको जानकारी दिइएको छ । भूमिदेव फर्निचर बजारका उत्पादन प्रबन्धक अभिशेक अर्यालले आफ्नो फर्निचर कम्पनी आधुनिक जीवनशैलीका लागि गुणस्तरीय दिगो र आकर्षक फर्निचरको प्रतिक रहेको बताए ।

‘भैरहवामा प्रधान कार्यालय रहेको कम्पनीको मुलुकका विभिन्न स्थानमा रहेको आठवटै शाखा कार्यालयमा पनि छुटको अफर सञ्चालनमा छन्’, अर्यालले भने, ‘कम्पनी १५ औं वर्षमा पुगेको उपलक्ष्यमा भूमिदेव फर्निचर बजारले आगामी दिनहरुमा अझ नविन डिजाइन, बातावरणमैत्री उत्पादन र आधुनिक प्रबिधिको प्रयोगद्वारा सेवा बिस्तार गर्ने योजना छ ।’

बि.सं. २०६७ सालमा भैरहवाबाट उत्पादन गरि व्यवसायिक कारोवार सुरु गरेको यो कम्पनीको हाल लोकन्थली, भक्तपुर, बानेश्वर, काठमाडौं, इमाडोल, ललितपुर, झापा र पोखरामा शाखा कार्यालय स्थापना गरि व्यवसायिकक कारोवार गर्दै आएको छ ।

उक्त कम्पनीका २ हजार देखि ७ लाख रुपैयाँ मूल्यसम्मका विभिन्न फर्निचर उत्पादन सामाग्री छन् । सबै शाखामा बेड, डाइनिङ सेट, ड्रेसिङ टेवल, स्टडी टेवल लगायत घर तथा अपार्टमेन्टका लागि आवश्यक सम्पूर्ण फर्निचर मोड्युलर किचन तथा आकर्षक सोफासेटहरु उपलब्ध छन् ।

भूमिदेव फर्निचर बजारका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेले भूमिदेव फर्निचर बजारबाट उत्पादित सम्पूर्ण उत्पादन सामाग्रीमा १५ बर्षसम्मको वारेन्टी रहेको बताए ।

गैरेका अनुसार, करिव १० करोड रुपैयाँको लगानीमा स्थापित यो कम्पनीले बिशेषगरी भियतनाम र भारतबाट कच्चा पदार्थ आयात गरि भैरहवा र लोकन्थलीमा उत्पादन गर्ने गरेको छ । कुल ४५ जना कर्मचारी कार्यरत छन् ।

‘गाडीमा १ घण्टासम्मको दुरीका लागि निःशुल्क डेलिभरीको व्यवस्था छ भने अन्य डेलिभरी सेवा नेपाल भरी छ’, गैरेले भने, ‘गुणस्तर, बिश्वास र दिगोपनमा अडिग रहँदै हामी ग्राहकहरुको आवश्यकता अनुरुप नयाँ सामानहरु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’