July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

एसियन बुद्ध होटल र एनएमबी बैंकबीच छुट सम्झौता

Advertisement

भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा रहेको चारतारे एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले सेवासुविधामा छुट प्रदान गर्न विभिन्न कर्पोरेट र कम्पनीहरुसँग सम्झौता अभियानलाई तिव्रता दिएको छ । पछिल्लो हप्ता मात्रै आधा दर्जन संस्थाहरुसँग होटलले छुटसम्बन्धी सम्झौता गरेको हो ।

Advertisement

यही बीचमा बिहीबार एनएमबी बैंक लिमिटेडसँग छुटसहमती गरेको छ । बैंकका ग्राहकलाई एसियन होटलमा छुट हुनेछ । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।

यो सम्झौताको अवधि एक वर्षसम्मको लागि लागू हुनेछ । सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जेपी सुवेदी, एसिसटेण्ट म्यानेजर विमल शर्मा, बैंकका शाखा प्रबन्धक अर्जुन ज्ञवाली, रिलेशन म्यानेजर दिनेश बस्यालको उपस्थिति थियो । होटल सिद्धार्थनगर–८, बसडिलवामा अवस्थित छ ।