लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)


दाङ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–२०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको छैठौं अधिवेशनको पाँचौं बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारको समग्र विकास, सुशासन, सेवा प्रवाह, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विविध विषय समेटिएका छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत् नागरिक जीवनस्तर उकास्ने, दिगो विकासमा आधारित समृद्ध प्रदेश निर्माण गर्ने तथा जनताको विश्वास जित्ने दिशा तय गर्ने जनाइएको छ । उद्योग, उद्यमशीलता र स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ मजबुत बनाउने योजना छ । प्रदेश गौरवका आयोजनाहरूलाई सम्पन्न गर्ने, विपन्न नागरिकका लागि मेडिकल कलेज तथा अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराउने, सर्पदंश उपचार विस्तार तथा विद्यालय–समुदायमा स्वास्थ्य कार्यक्रम विस्तार गर्ने योजना समेत नीति तथा कार्यक्रममा उल्लेख छन् ।
यस्तो छ पूर्णपाठ
आ.व.२०८२-८३को नीति तथा कार्यक्रम फाइनल lumbini sarkar








प्रतिकृया दिनुहोस्