August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

लुम्बिनी सरकारका नीति तथा कार्यक्रमका मुख्य विशेषता कस्ता छन् ?

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकारले सुशासन र सेवा प्रवाहको पक्षमा व्यापक सुधार गर्ने, नागरिक मैत्री प्रशासन र सुशासन कायम गर्ने, भौतिक पूर्वाधार र मानवीय विकासलाई सदृढ बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले कृषिमा उत्पादकत्व वृद्धि गरी प्रदेशलाई कृषिमा समृद्ध बनाउने जनाए ।

Advertisement

नीति तथा कार्यक्रमका मुख्य विषयलाई ३३ बुँदामा समेटिएको छ । सरकारले अघि सारेका नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु निम्न छन् ।

नीति तथा कार्यक्रमका मुख्य विषयहरू
१. प्रदेश सरकारलाई भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सुदृढ बनाउँदै जाने ।
२. तीन तहका सरकारबीच समन्वय, सहकार्य, साझेदारी ।
३. प्रदेश सरकारलाई संस्थागत गर्न कानूनी, संस्थागत र जनशक्तिसहितका आधारहरू तयार गर्ने ।
४. बाह्र वटै जिल्लाको सन्तुलित तर पृथक विशेषतासहित विकासमा प्रथामिकता ।
५. सबै मन्त्रालय एवं निकायको समन्वयात्मक परिचालन ।
६. सुशासन र सेवा प्रवाहको पक्षमा व्यापक सुधार, नागरिकमैत्री, प्रशासन र सुशासन ।
७. प्रविधिको प्रयोग, युवा लक्षित कार्यक्रमहरू, मोबाइल हातमा–प्रदेश सरकारका सेवा साथमा ।
८. लक्षित वर्ग केन्द्रित विशेष कार्यक्रमहरू ।
९. लुम्बिनी विकास प्राधिकरणको गठन गर्ने, प्रदेश सरकारको लुम्बिनी क्षेत्रमा भूमिका बढाउने ।
१०. कृषिमा उत्पादकत्व वृद्धि, लुम्बिनी प्रदेशको समृद्धि कृषिलाई समृद्ध प्रदेश निमार्णको आधार ।
११. कृषकका गरा संधै हराभरा तथा घरदैलोमा नै कृषि प्राविधिक तथा विशेषज्ञ सेवा ।
१२. प्राङ्गारिक खेतीमा जोड दिँदै दश वर्ष भित्र प्रदेशलाई पूर्ण प्राङ्गागारिक प्रदेश बनाउने ।
१३. स्वदेशी वस्तु एवं उत्पादनको प्रयोग, उद्यमशीलता, प्रवद्र्धन, रोजगारको अवसर, सामाजिक सुरक्षाका कार्यक्रम तथा कोषमा आवद्धता ।
१४. सञ्चार जगतसँग सहकार्य ।
१५. नागरिकको योगदान, महिनाको एकदिन श्रमदान ।
१६. लुम्बिनीका प्रत्येक घरपरिवार उज्यालो अभियान ।
१७. अधुरा आयोजना सम्पन्न गर्ने प्राथमिकता, बजेट मार्फत विगतको समिक्षा गर्दै वास्तविकतामा आधारित वजेट निर्माणका लागि दिशा निर्देश ।
१८. आयोजना बैंकको अवधारणा ।
१९. एक जिल्ला एक नमूना वस्ती ।
२०. अन्तरप्रदेश समन्वयमा ठूला पूर्वाधार रामपुर–चापाकोट शहरको अवधारणा ।
२१. प्रदेशको राजधानी क्षेत्रको गुरुयोजना कार्यान्वयनमा जोड ।
२२. स्वदेशी काठको प्रयोग सरकारी निर्माण कार्यमा अनिवार्य ।
२३. वन्यजन्तुबाट पीडितको घरदैलोमै राहत ।
२४. हरियालीसहितका सडक पूर्वाधार, शहरी सुन्दरताको आधार–सडकसँगै ग्रिन वेल्ट तथा फलफूलका विरूवा रोप्ने अभियान ।
२५. मेरो विद्यालय मेरो दायित्व अभियान ।
२६. पढ्दै, सिक्दै, कमाउँदै तथा शिक्षासँग सीप ।
२७. राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नती गरी दुई सय शश्यामा विकास, विस्तार गर्ने ।
२८. विपद् उत्थानशील हाम्रा गाउँ–सुरक्षित बनाउँछौं, आफ्नो ठाउँ–विपद्को पूर्व तयारीका लागि ।
२९. देउखुरीमा जलवायु केन्द्र स्थापना–मौसमी सूचनाका लागि ।
३०. प्रदेश गौरवका आयोजना सम्पन्न गर्न प्राथमिकता ।
३१. प्रदेशमा सञ्चालित मेडिकल कलेज, अस्पतालहरूमा विपन्न नागरिकका लागि निशुल्क वेड तथा उपचारको व्यवस्था ।
३२. सर्पदंश उपचार सेवाको विस्तार, स्वास्थ्यका कार्यक्रमहरू अभियानका रूपमा लैजानै, विद्यालय र समुदाय तहसम्म ।
३३. हरित उर्जा, हरियाली, विद्युतीय सवारी, सौर्य उर्जाका कार्यक्रममा जोड ।