सिद्धार्थ उद्योग बाणिज्य संघमा निर्वाचनको रौनक (फोटो फिचर)

भैरहवा– एक बाणिज्य उपाध्यक्ष, एक सहकोषाध्यक्ष र १६ सदस्य चयनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीमा आज मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु मतदानमा मध्यान १२ बजेसम्म ३ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ । संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न लागेको हो । निर्वाचनले संघ परिसरमा रौनकता ल्याएको छ । उम्मेदवारहरु मतदातसमक्ष मत मागिरहेका छन् । समर्थकहरुसहित उपस्थित उम्मेदवारहरु केही खुशी त केही परिणाम के होला भनेर चिन्तित देखिन्छन् ।
प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलका अनुसार साँझ ५ बजेसम्मका लागि मतदान समय तोकिएको छ । संघको बाणिज्य उपाध्यक्षमा हरिबहादुर थापा, यमकला न्यौपाने र दीपककुमार पौडेल प्रतिस्पर्धामा छन् । यस्तै, सह–कोषाध्यक्षमा संजयकुमार बेरिवाल र पल्लवी न्यौपानेले चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार १ जना बाणिज्य महिला सदस्यमा सुनयना केसी गिरी र मीना पन्थीबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै, १० जना वाणिज्य सदस्यका लागि १९ जनाको चुनावी मैदानमा छन् भने पाँचजना उद्योग सदस्यका लागि ९ जनाबीच स्पर्धा भइरहेको छ । उद्योगतर्फ खुल्ला सदस्यहरुमा कमल ज्ञवाली, अभिनव थापा, कृतेशकुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सिर्जना कार्की जोशी, ओम जैशी, रचना क्षेत्री र विजय अधिकारीबीच टक्कर छ ।
खुल्ला उद्योग सदस्यमा पुजा आचार्य, सन्दीपकुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोदकुमार रिजाल, अर्जुन कार्की, रमेश कानु, कृष्णप्रसाद अधिकारी, यन्जयप्रसाद बेल्वासे, सुरेन्द्र यादव, वीरेन्द्र ज्ञवाली, चन्दद्रकान्त भट्टराई, जवाहिर अग्रहरी, हरिश सेठिया, धर्मवीर शर्मा, गंगासागर अग्रहरी र प्रकाश रेग्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
संघको अध्यक्षसहित अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितका अनुसार अध्यक्षमा नेत्रप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दीलिपकुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल र उद्योग उपाध्यक्षमा गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार संघको कर्पोरेट सदस्यमा विकाश कुमार गोयनका र अप्रितकुमार अग्रवाल, वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् ।
संघमा २ हजार १ सय १२ जना मतदाता छन् । संघको कार्यालयमा भइरहेको मतदानमा उम्म्ेदवारले मतदातासमक्ष मत माग्न व्यस्त छन् ।
प्रतिकृया दिनुहोस्