July 11, 2025, Friday
२०८२ असार २७ शुक्रबार

२७ लाखभन्दा धेरै मूल्यका अवैध सामान बरामद

भैरहवा– रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट नेपाल ल्याइएको २७ लाख रुपैयाँ भन्दा बढी मूल्यको विभिन्न अवैध सामान बरामद गरको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय, छपिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७, बगैँचास्थितमा चेकजाँच गर्ने क्रममा २७ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको हो ।

बरामद भएको सामानमा आइफोनको चार्जर केवल ७ हजार ८ सय ५० पिस, इयरफोन ६ हजार २ सय पिस, बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार ९ पिस र मखमलको कपडा ६ हजार ८० मिटर छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी तथा प्रबक्ता सुरज कार्कीले प्रहरी टोलीलाई देखेपछि सामान ल्याएका व्यक्तिहरु सामान छाडेर भागेको र नियन्त्रणमा लिइएका ति सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीमा बुझाइएको बताए ।