होटल नान्समा खुल्यो ‘क्याफे स्ट्रिट’

भैरहवा– कफी, बेकरी र थरिथरिका खाजाका परिकार पस्कने गरी भैरहवास्थित चारतारे होटल नान्स परिसरमा ‘क्याफे तेह्रौ स्ट्रिट’ संचालनमा आएको छ । खासगरी कफी र बेकरीका पारखीहरुलाई लक्षित गरी क्याफे स्ट्रिट संचालनमा ल्याइएको हो ।
संचालक अभिनाश श्रेष्ठका अनुसार यहाँ बिहानदेखि मध्यराति १२ बजेसम्म सबै प्रकारका कफी, खाजा र बेकरीका स्वाद लिन पाइन्छ । दुईवटा तलामा सञ्चालनमा आएको यो क्याफेमा ४० जना बढीलाई एकैपटकमा सेवा दिन सकिने जनाइएको छ । चारतारे होटलमै कफी, बेकरी र खाजाका परिकारहरु सस्तो र गुणस्तरीय सेवा लिन पाउँदा यहाँ जाने पाहुना खुशी छन् ।
यहाँ क्यापिचिनो, अमेरिकानो, डबल अमेरिकानो, अराबिका, क्याफेमोचा, एक्सप्रेसो, लाते, आइस कफी, आइस अमेरिकानो, कोल्ड ब्रिउ, कफी टुर्किस, ड्रिप कफी, कोर्टाडो, फ्रापे, रेड आई, अफगाडो, आइरिस, रस्ट्रेटो, लुङ्गो, गलाउ, ड्रिपेड आई, ब्लेक आई, ग्रीन कफी, क्यारामेल फ्रापे, ग्लेस, कफी ब्रेभ, एक्सप्रेसो कन पन्नालगायत कफीका सयौं भेराइटी बनाएर पस्किने गरिएको छ ।
‘एक ठाउँमा स्वदेशी अर्गानिकदेखि विदेशी स्वादका कफी पिउन पाइन्छ’, श्रेष्ठले भने, ‘यसले गर्दा यहाँ युवापुस्तादेखि पाकापुस्तासम्म कफीको स्वाद लिन आइरहनुभएको छ ।’ उनले भारतीय तथा तेस्रो मुलुकका पर्यटक पनि कफीको स्वाद लिन आइरहेको बताए ।
यस्तै, पिज्जा, नेवारी खाजा, मःम, चाउमिन, छोइला, चिनन फिस, मटनका थरिथरि परिकार, ब्रेड, टोसन, केक जस्ता परिकारको स्वाद लिन पनि यहाँ आउने धेरै छन् । केक नेपालमा पनि प्रायः जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौं कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ । ‘पछिल्ला वर्षहरुमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरैमात्र मानिसलाई होला’, उनले भने, ‘त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले हामीले यहाँ थरिथरिका केक पनि बनाएर पस्किने गरेका छौं ।’
नान्स सुविधासम्पन्न चारतारे होटल हो । यहाँ क्यासिनो समेत संचालनमा छ । यस्तै, विभिन्न खानाका परिकारसँगै नेवारी खाजासेट, थकाली खाना यहाँ पाइन्छ । त्यसैले पनि सबै सुविधा एउटै होटलमा लिन पाए पछि स्वदेशी तथा विदेशीहरुको रोजाई नान्स होटल पर्ने गरेको छ ।
संचालक श्रेष्ठले अब क्याफे २४ सै घण्टा संचालन गर्ने तयारी गरिएको बताए । ‘धेरै यहाँको स्वाद र परिकार मन पराउनु भएको छ’, उनले भने, ‘बेकरी आइटम होम डेलिभरीको व्यवस्था पनि गर्दैछौं । यसपछि २४सैं घण्टा संचालन गर्ने छौं ।’ उनका अनुसार गुणस्तरीय र सस्तो दरमा एकै छानामुनी थरिथरिका स्वाद लिन पाउनु भैरहवा सहरका लागि ठूलो कुरा हो । ‘चारतारे होटलमा यतिधेरै सुविधा अन्त छैन’, उनले भने, ‘हामीले नाफा कमाउने भन्दा पनि पाहुनालाई सन्तुष्ट पार्ने गरी सेवा दिइरहेका छौं ।’ क्याफेमा मात्रै यहाँ १० जनाले रोजगारी पाएका छन् ।
प्रतिकृया दिनुहोस्