गण्डक नहरमा पानी नभएपछि किसान मारमा
भैरहवा– गण्डक पश्चिमी नहर सिंचाई प्रणाली अन्तर्गत पानी अभाव भएपछि किसान मारमा परेका छन् । नहरको मुहानमा अहिले सिल्टबेसिनका संरचना निर्माणाधीन अवस्थामा छन् । त्यसैले पानी बन्द गरिएपछि हिउँदे बालीका लागि सिंचाई समस्या भएको सिंचाई ब्यवस्थान कार्यालय सेमरीले जनाएको हो ।
कार्यालयका अनुसार नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भइरहेको र पानी प्रवाह गर्दा उक्त निर्माण कार्य रोकिनुपर्ने अवस्थाले हिउँदेबालीलाई किसानले पानी नपाउने अवस्था देखिएको ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताए ।
‘नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर पुक्न दुई तिन महिना लाक्ष्न सक्छ,’ उनले भने, ‘सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । ३० महिनामा सकिने गरि भएको सम्झौता अनुसार झण्डै २४ महिना सकिँदै छ । बाँकी ६ महिनामा सो आयोजना सकिनु पर्ने हुन्छ ।’ उक्त आयोजनाको ५० प्रतिसत काम मात्र भएको उनले बताए ।
विगत बर्षमा नेपाली नहरको मुहानमा सिल्ट जम्मा हुने र तीन वटा ढोका मध्ये दुई वटा ढोका मात्रै सञ्चालन हुँदा पानी प्रवाहमा समस्या देखिएको थियो । तर अहिले तेस्रो ढोका पनि सञ्चालनमा रहेको र मुहानमा सिल्ट बेसिनको काम पनि भइरहेको छ । संरचनागत सुधान भए पछि भारतीय पक्षलाई पानी छाड्न बेलामै लगाउन सकिन्छ । यसले आउने दिनमा गण्डक क्षेत्रका किसानलाई सिंचाईमा राहत पुग्ने उनको भनाई थियो । भविष्यका लागि तत्काललाई केही प्रतिक्षा गर्नु पर्ने बताउँदै कार्यालय प्रमुखले निर्माण कम्पनीले गर्ने काम रोकेर पानी प्रवाह त गराउन सकिन्छ, तर नहर सुक्न समय लाग्ने हुदा निर्माण कम्पनीले त्यसैलाई आधार बनाएर दोषारोपण गर्न सक्ने छ ।
गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मूल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत् सिंचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरू बनेका छन् ।
प्रतिकृया दिनुहोस्