June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु (फोटो फिचर)

Advertisement

भैरहवा– नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा बिहीबारदेखि महोत्सव सुरु भएको हो । पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रसारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।

Advertisement

महोत्सवको बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे । महोत्सव उद्घाटन अघि, भैरहवाको देवकोटाचोकबाट बाजागा, झाँकीसहितको र्याली निकालिएको छ । र्यालीमा ३ सय संघसंस्था ब्यानरसहित सहभागी भएका थिए ।