August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

अब, डीएपीको विकल्पमा स्वदेशी ‘रत्नम अर्गानिक दानेदार मल’

Advertisement

भैरहवा– वर्षेनि खेती गर्ने सिजनमा मलको हाहाकार हुने गर्छ । यस वर्ष पनि धान र गहुँको सिजमा किसानले मल नपाएर हैरानी खेपिरहेका छन् । अर्कातर्फ रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरबारे धेरै अनविज्ञ छन् । अब, भने तपाईंले अर्गानिक र स्वदेशी मलको प्रयोग गर्न पाउनुहुने भएको छ । यसले मानव स्वास्थ्यलाई फाइदा पुग्ने नै छ भने डीएपी मलको विकल्पमा अर्गानिक मल प्रयोग गर्न पाइने भएको छ । जसले गर्दा डीएपी अभावमा सधैं तड्पिरहेका किसानलाई राहत हुनेछ ।

Advertisement

रुपन्देहीस्थित ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले आर्गानिक मलको व्यवसायिक उत्पादन थाले पछि किसानले राहत पाउने भएका हुन् । भैरहवाका व्यवसायी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले रोहिणी गाउँपालिका–४, कोटहवामा अर्गानिक मल उद्योग संचालनमा ल्याएका हुन् । ५ विघा क्षेत्रफलमा ३० करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’ बजारमा ल्याइएको हो । मलमा सबै तत्वको आवश्यक घुलन भएकाले यसले कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।

आर्थिक मन्दी लगायतका विविध कारणले विभिन्न उद्योगहरु धमाधम बन्द भैरहेको हालको अवस्थामा उक्त प्रालिले भने लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गरि दैनिक १ सय मेट्रिक भन्दा धेरै परिमाणमा आर्गानिक मलको उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता भने दैनिक २ सय मेट्रिक टन छ । ‘हाम्रो दैनिक क्षमता २ सय मेट्रिक टन हो, तर नयाँ उद्योग भएकाले विस्तारै बजार विस्तार हुँदै छ, उत्पादन पनि बढाउँदै लगेका छौं’, उद्योगका अध्यक्ष सिद्धार्थ अग्रवालले भने, ‘आमकिसानले मनको गुणस्तर र यसको फाइदाबारे बुझ्नुभयो भने उद्योग पूर्णक्षमतामा चलाउनुपर्ने हुन्छ ।’ उनले अहिले एक सय बढी स्थानमा डिपो खोलेर मल विक्री गरिरहेको जनाए ।

मल नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सूचिकृत गरी उत्पादन गरिरहेको संचालनकले बताए । ‘कोरोना कालमा मल अभाव र वस्तु आयातमा देखिएको समस्याले हामीलाई मल उद्योग खोल्न प्रेरणा मिलेको हो’, उद्योगका प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले भनिन्, ‘त्यसपछि हामीले उद्यँेग बनाउन सुरु गर्यौं । एक वर्ष सरकारबाट स्वीकृत लिनै समय लाग्यो । विगत एक वर्ष विभिन्न ठाउँ परीक्षण गर्यौं र सफल भएपछि बल्ल बजारमा पठाउन सुरु गरेका छौं ।’ उनले रासायनिक मलको प्रयोगले विग्रिएको माटोको गुणस्तरलाई माथि उकास्न र उत्पादन बढाउन रत्नम अर्गानिक दानेदार मल फलदायी हुने दावी गरिन् ।

कौँशी तथा करेसावारीमा लगाइने तरकारी खेतीदेखि धान गहुँ मकैसहित अन्य व्यवसायिक मुख्य खाद्य बाली दाल, प्याज, लसुन, पूmल, फलदार रुख, तेलहन, उँखु चिया बगान जस्ता नगदेवालीलाई लक्षित गर्दै मल उत्पादन गरिएको हो । उत्पादित मल ५, २५ र ५० केजी तौल प्याकेजिङमा उपलब्ध छ ।

एक वर्ष अघि उत्पादन थालेको उक्त उद्योगले आफ्नो उत्पादित मल उद्योग परिसर, आसपासका पालिकाहरु र सयौं स्थानीय कृषकको खेतमा गरिएको परीक्षण सफल भएको ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका प्रबन्ध निर्देशक अग्रवालले बताइन् । नेपालमा बर्षेनि मलको अभाव हुने र रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै ठूलो परिमाणमा अर्गानिक मलको व्यवसायिक उत्पादन थालिएको उनले जनाइन् ।

‘कृषि प्रधान मुलुक नेपालमा मलका लागि जहिले पनि बिदेशसँग निर्भर रहनुपर्छ र एक बोरा मलका लागि किसान दिनभरि लाइनमा बस्नु पर्ने बाध्यता छ’, उत्पादित मलका वारेमा बिहीवार भैरहवामा आयोजित एक कार्यक्रममा अध्यक्ष अग्रवालले भने, ‘जसका कारण मलका लागि बर्षेनि अर्बौं रुपैयाँ बिदेशिने गरेको तथ्यलाई मध्यनजर गर्दै अर्गानिक मलको व्यवसायिक उत्पादन सुरु गरेका हौं ।’

उक्त मलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण छ । रासायनिक मलको तुलनामा रत्नम अर्गानिक मलको मूल्य धेरै सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताइन् । ‘रासायनिक मललाई बिस्तारै बिस्थापित गर्दै जाने लक्ष्य हाम्रो हो’, उनले भनिन्, ‘हाम्रो उत्पादनलाई स्थानीय किसान र सीमावर्ती भारतीय किसानबाट समेत ठूलो माग आउन थालेको छ ।’

रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिलाई नास गर्दै गएको र मानव स्वास्थ्यमा पार्ने गरेको असरकार वारेमा धेरैले ख्याल नगर्दा मानव स्वास्थ्यको अवस्था सानै उमेरदेखि नै गम्भिर र चुनौतीपूर्ण बन्दै जान थालेको उनले बताइन् । उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४ सय रुपैयाँ पर्ने गरेकोमा रत्नम अर्गानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँमात्र छ । ‘यसैले पनि हामीले सस्तो, स्वस्थ जीवनका लागि र गुणस्तरीय रत्नम अर्गानिक मल प्रयोगका लागि सबैमा अनुरोध गरिरहेका छौं’, अग्रवालले भनिन्, ‘कम्तिमा दुई खेतीबालीमा प्रयोग गरेपछि यसमा सुखद् परिणाम आउँछ । यसैले स्वेदशी मल प्रयोग गरौं ।’

उनले आफ्नै र सरकारी प्रयोगशालामा परीक्षण गरेर मल बजारमा पठाउन गरेको जनाए । सरकारले स्वदेशी मलको प्रबद्र्धनका लागि विशेष नीति ल्याएमा सधैंभरी मलको अभावले किसानलाई भौतारिनु नपर्ने जनाइन् । बजारमा अर्गानिक मलका नाममा पूरामात्रामा पोषकतत्व नभएका मल विक्री भइरहेको जनाउँदै संचालकले यसलाई रोक्न समेत तीनै तहका सरकारसँग अनुरोध गरेका छन् । ‘स्वदेशी मललाई विश्वास गरेर केही समय प्रयोग गरेर हेरौं, रासायनिक मलको भन्दा राम्रो र गुणस्तरीय परिणाम आउँछ’, यसका लागि सबै किसानले स्वदेशी मललाई विश्वास गर्नुपर्ने हुन्छ’, अग्रवालले भनिन् । उद्योगमा ४० जनालो रोजगारी पाएको संचालकले बताएका छन् ।