February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

काँग्रेस सांसद तथा ऊर्जा राज्यमन्त्री तामाङको निर्माण कम्पनी कालोसूचीमा

नेपाली काँग्रेसका सांसद तथा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक दर्जन निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्दा राज्यमन्त्री तामाङको कम्पनी पनि उक्त सूचीमा परेको हो।

Advertisement

कार्यालयले १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ती कम्पनीहरूलाई एकदेखि दुई बर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक गरेको सूचनामा जनाइएको छ।

काठमाडौंको कान्छाराम/एनबी जेभीको कान्छाराम कन्स्ट्रक्सन र एनबी कन्स्ट्रक्सन साढे दुई वर्षका लागि कालोसूचीमा परेका छन्।

कान्छाराम कन्स्ट्रक्सन कांग्रेस सांसद पूर्णबहादुर तामाङको हो। उनी  रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनी अहिले ऊर्जा राज्यमन्त्रीसमेत छन्।

यसबाहेक टेन्डी शेर्पाको मञ्चनजंगघा कन्न्स्ट्रक्सन कम्पनी, सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाकै लागि कालोसूचीमा परेको छ । सडक डिभिजन बुटवलको सिफारिसमा यो कम्पनीलाई कालोसूचीमा राखिएको हो । सोही डिभिजनको सिफारिसमा अर्को ठेक्कामा बिरुवा कन्स्ट्रक्सनलाई दुई वर्ष कालोसूचीमा राखिएको छ ।

त्यस्तै, विभिन्न सार्वजनिक निकायको सिफारिसमा अन्य दर्जन कम्पनीरतलाई समेत कालोसूचीमा राखिएको छ । त्यसमध्ये दुई वर्ष कालोसूचीमा पर्नेमा बिरुवा कन्स्ट्रक्सन सहित दुई कम्पनी, डेढ वर्ष कालोसूचीमा पर्नेमा तीनवटा ठेक्कामा पाँच कम्पनी र एक वर्ष कालोसूचीमा पर्नेमा ६ वटा ठेक्कामा आबद्ध सात कम्पनी रहेका छन् ।