January 25, 2025, Saturday
२०८१ माघ १३

पाँच युवाको संयुक्त लगानीमा भैरहवामा चस्मा पसल, १०० बढी ब्राण्ड उपलब्ध

भैरहवा– यहाँस्थित बुद्धचोकमा पाँच युवाहरुले संयुक्त लगानीमा चस्मा पसल संचालनमा ल्याएका छन् । भैरहवा निवासी पाँचजना युवाहरु सागर ज्ञवाली, सुरज थापा, रितेष गौतम, अस्मित पोखरेल र दीपक श्रेष्ठले सिद्धार्थनगर नगरपालिका–९, बुद्धचोकमा नेपाल लेन्स नामक चस्मा पसल संचालनमा ल्याएका हुन् ।

Advertisement

चस्मा पसलको उद्योगी तथा रुपन्देही क्याम्पसका पूर्वक्याम्पस प्रमुख भरतकुमार पोखरेलले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । उनले केही गर्छु भन्नेहरुका लागि स्वदेशमै अवसर रहेको जनाए । ‘पाँचजना युवाहरुले जुन उद्देश्यले चस्मा पसल खोल्नु भएको छ, त्यो पूरा होस् र हुनुपर्छ । लगनशील र मिहिनेतीहरुलाई यहाँ अवसरहरु छन् । अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने । उनले अहिले जटिल अवस्थामा पनि केही गर्नुपर्छ भन्ने सोच राखेका युवाहरुको उत्साह हेर्दा खुशी लागेको बताए ।

बुद्धचोक व्यवसायिक हिसाबले पनि मुख्य ठाउँ भएको उल्लेख गर्दै राजनीतिज्ञ समेत रहेका पोखरेलले सफलताको शुभकामना दिए । ‘यहाँहरुले सुरु गरेको व्यवसायले तपाईंहरु जस्ता अन्य युवाहरुलाई पनि प्रेरणा मिल्नुपर्छ’, उनले भने, ‘त्यसैले लगनशील भएर व्यवसाय गर्नुस् र सयौं युवाहरुलाई गरे स्वदेशमै राम्रो गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुस् ।’ उनले नजिकिँदै गरेको दिपावली, नेपाल सम्बत् तथा छठ जस्ता पर्वहरुले बजारलाई चलायमान बनाउने समेत विश्वास व्यक्त गरे ।

संचालक ज्ञवालीका अनुसार संयुक्त २५ लाख लगानीमा चस्मा पसल संचालनमा ल्याइएको हो । यहाँ युवादेखि पाकापुस्तासम्मलाई सुहाउँदो र आवश्यताअनुसारका चस्मा उपलब्ध छन् । ‘बजारमा फेसनमा आएका र चलेका ब्राण्ड यहाँ हामीले उपलब्ध गराएका छौं’, उनले भने, ‘सस्तोदेखि माथिल्लो मूल्यसम्मका चस्मा विक्रीका लागि राखेका छौं ।’

संचालकहरुका अनुसार यहाँ एक सय भन्दा बढी ब्राण्डका चस्माहरु उपलब्ध छन् । पर्व लक्षित हरेक चस्मा खरिदमा २५ प्रतिशत छुट सुविधा दिइएको छ । सबै किसिमका पावर भएका चम्मा ७ सय ९९ देखि १५ हजार रुपैयाँसम्म विक्री गरिँदै आएको छ । संचालक पोखरेलले चस्माको पावर जाँच गरेर विक्री गरिने भएकाले आँखा कमजोर भएका मानिसहरुलाई सहजता हुने जनाए । यस्तै, संचालकहरुले हरेक शनिबार विशेषज्ञ चिकित्सकको सहभागितामा रुपन्देहीका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच शिविर समेत संचालन गर्ने योजना बनाएका छन् ।