सहकारी शिक्षा संचालन गर्दै प्रवर्द्धन सहकारी


भैरहवा– भैरहवा रहेको प्रवर्द्धन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा संचालन गर्ने भएको छ । पछिल्लो समय सहकारीहरुमा समस्या देखिरहेका बेला त्यस्ता समस्या कसरी आउँछन् र ति समस्या आउन नदिन शेयर सदस्यहरुको भूमिका कस्तो रहन्छ भन्ने बिषयमा शिक्षा संचालन गर्न लागेको हो । सहकारीको शनिवार भैरहवा सम्पन्न चौधौ साधारण सभाले शेयर सदस्यलाई सहकारी शिक्षा संचालन गर्ने प्रस्तावलाई पारित समेत गरेको संस्थाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै संस्थाले यो बर्ष कर्मचारीलाई तालिम दिने, खर्च कटौती गर्ने, स्थापना दिवस मनाउने लगायतका प्रस्तावहरु पारित गरेको छ । साधारण सभाले सचिव भोषराज बस्यालको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष पम्फा भण्डारीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक ीिपेन्द्र पौडेलको लेखा परीक्षण प्रतिवेदनलाई समेत सर्वसम्मवत पारित गरेको छ ।
संस्थाका अध्यक्ष कार्कीको अध्यक्षता, संस्थापक अध्यक्ष दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थनगर वडा नम्वर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरे, सल्लाहकार गोविन्दप्रसाद बस्याल, सन्जिव शर्मा रेमी, निर्वतमान अध्यक्ष नारायणप्रसाद न्यौपाने, अडिटर एसोसिएसनका केन्द्रीय सल्लाहकार गोविन्द रेग्मी, शेयर सदस्यहरु कविता न्यौपाने, तिलकराम ज्ञवाली लगायतले बोलेका थिए । सो अवसरमा कर्मचारीहरु कविता क्षेत्री, एलिजा पौडेल र रामबहादुर ठकुरीलाई नगदसहित सम्मान गरिएको थियो ।








प्रतिकृया दिनुहोस्