August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

सिद्धार्थनगरका वडा–वडामा ब्यवसायी लक्षित घुुम्ती शिविर सुरु

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी–ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुुम्ती शिविर सुुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवं व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नविकरण सम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर संचालनमा ल्याइएको नरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए ।

Advertisement

उनका अनुसार आइतबारबाट सुरु गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा संचालन हुने छ । शिविर सबै वडास्तरमा संचालन गरिने छ । शिविरको वडा नं. ७ मा सुुरुवात गर्दै नगर प्रमुख इश्तियाक अहमद खाँले दर्ता, इजाजत नलिई संचालन भैरहेका वा लामो समयदेखि नविकरण नगरेका व्यवसायीलाई घुम्ती शिविरमार्फत् लाभ लिन आग्रह गरे ।

उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्तसम्मका लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे । शिविर कार्तिक ४ देखि ६ गतेसम्म वडा नं.७, ७ गतेदेखि ९ सम्म वडा नं. ९, ११ देखि १२ सम्म वडा नं. २, २७ देखि २९ सम्म वडा नं. ८ मा संचालन हुुने छ ।

यस्तै मंसिर २ गतेदेखि ४ गतेसम्म वडा नं. ६, ५ देखि ७ सम्म वडा नं. १२, ९ देखि ११ सम्म वडा नं. ५ र १३ तथा मंसिर १२ मा वडा नं. ११ मा संचालन हुने छ । त्यस्तै मंसिर १३ मा वडा नं. १०, १४ र १६ गते वडा नं. ४, १७, १९ र २० गते वडा नं. ३ मा संचालन हुनेछ ।

मंसिर २१, २३ र २४ गते वडा नं. १ मा शिविर संचालन हुनेछ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६औं नरसभावाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०८१–०८२ लाई कर सहभागिता वर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर संचालन भएको बताए ।