विद्युत महशुल नतिरेपछि बुटवल सिमेन्टको जग्गा रोक्का


परासी– पश्चिम नवलपरासीस्थित नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले महशुल चुक्ता नगरेपछि सुनवल नगरपालिका–२, स्थित बुटवल सिमेन्ट उद्योग प्रालिको जग्गा रोक्का गराएको छ । सञ्चालकले उद्योग बन्द गरेर परिसरका सामग्री सार्न थालेपछि विद्युत वितरण केन्द्रले जग्गा रोक्का गराएको हो ।
केन्द्रले जग्गाको हक हस्तान्तरण नगरिदिन मालपोतमा पत्राचार गरेको हो । उद्योग विगत चार वर्षदेखि बन्द छ । अहिले सञ्चालकले उद्योगमा रहेका सामाग्री अन्त सार्न थालेका थिए । विद्युत महशुल नतिरी लगानीकर्ता पलायन हुने अवस्था सिर्जना भएपछि केन्द्रले जग्गा रोक्का गराएको हो ।
लगानीकर्ता महावीर गोयलको नाममा रहेको करिब ८ विघा जग्गा रोक्काका लागि जिल्ला मालपोतलाई पत्राचार गरिएको विद्युत वितरण केन्द्रले जनाएको छ । बुटवल सिमेन्ट प्रालिको विद्युत महशुल वापत १८ करोड ५४ लाख ४९ हजार ४ सय ८१ रुपैयाँ वक्यौता छ । उतm रकम भुक्तानीका लागि केन्द्रले गत भदौ २६ गते पत्राचार गरेको सूचना अधिकारी रामाशंकर शाहले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्