April 18, 2025, Friday
२०८२ बैशाख ५

देवदह नगरपालिकाको बजेट डेढ अर्ब

देवदह– रुपन्देहीको देवदह नगरपालिकाले डेढ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर सभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले आगामी आर्थिक वर्षका लागि सोमबार १ अर्व ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँ बराबरको बजेट पेश गरेकी हुन् ।

Advertisement

बजेटमा २५ करोड ४६ लाख ८८ हजार ५ सय रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व वाडफाड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा ४० करोड बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा ७ करोड २० लाख विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार, संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख ७५ हजार छुट्याइएको छ । नगरपालिकाको बजेटमा हरेक सामुदायिक विद्यालयको टिनको छाना मुनि जिप्सन लगाउन ७० लाख विनियोजन गरिएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ

Devdaha napa budget