May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

१ अर्ब १८ करोड लागतमा पुल निर्माण सुरु

Advertisement

बर्दिया– बर्दियाको सनकट्टी घाटमा पुल निर्माण सुरु भएको छ । रसुवा कन्स्ट्रक्सन प्रालि, काठमाडौंले पुल निर्माण सुरु गरेको हो । १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले बताए ।

Advertisement

बर्दियाको सनकट्टी घाटबाट कैलालीको टीकापुर जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको हो । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ ।

पुल निर्माण भएपछि बर्दियाबाट कैलालीको टीकापुर निकै छोटो बाटोमार्फत पुगिने छ । यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तीघाटमा ०७३ सालमा पुल बनेको थियो ।

१४ वटा फाउन्डेसन रहने पुलमा ७ दशमलव ५ मिटर चौडाइ र दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहने उनले जनाए । यही असारभित्र ६ वटा पिल्लर निर्माण गर्ने पनि उनले बताए ।