May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छः ऊर्जामन्त्री बस्नेत

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

Advertisement

बुधवार काठमाडौंमा भएको हाइड्राेजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

Advertisement

उनले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए।

मन्त्री बस्नेतले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे।

उनले विश्व ग्रिन अर्थतन्त्रमा गइसकेको बताए।

आफूसँग भएका स्रोतको सही ढंगले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी मन्त्री बस्नेतकाे छ।

उनले भने, ‘नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन। जुन देशले आफूसँग भएका स्रोतको सही ढंगले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन, त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ। स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढंगले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ। अब सरकारले ग्रिन अर्थतन्त्र, ग्रिन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ।’

मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको पनि बताए।