May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

भैरहवा वितरक संघ रूपन्देहीको अध्यक्ष कसौधन

भैरहवा– भैरहवा वितरक संघ, रुपन्देहीको अध्यक्षमा अभिनव मयुर कसौधन निर्वाचित भएका छन् । संघको भैरहवामा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कसौधनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा विजय कोइरी, महासचिवमा धर्मेन्द्र श्रैष्ठ, कोषाध्यक्षमा मनिष अग्रवाल र सचिवमा महेन्द्र गुप्ता सर्वसम्मत निर्वाचित निर्वाचन समितिले जनाएको छ ।

संघको सदस्यमा अर्जुन न्यौपाने, हेमराज भुसाल, विरु गुप्ता, सञ्जय केसरी, प्रकाश अधिकारी र चन्द्रप्रकाश मौर्य चयन भएका छन् । अधिवेशनका अवसरमा पत्रकार मनोरंजन शर्मालाई नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिएको थियो ।

साधारणसभा तथा अधिवेशनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका थिए । अध्यक्ष निर्वाचित भएपछि कसौधनले संगठनलाई महजुत बनाउँदै लैजाने र व्यवसायिक हीतमा काम गर्ने जनाए ।

Advertisement