April 23, 2025, Wednesday
२०८२ बैशाख १०

भलाई कोषसँग दुईवटा यातायात समितिको सम्झौता

बुटवल– पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

जाजरकोट–डोल्पा यातायात प्रालि र नेपाल पूर्व–पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए ।

Advertisement

बुटवलमा आयोजित एक कार्यक्रमबीच जाजरकोट–डोल्पा यातायात प्रालिका तर्फबाट अध्यक्ष नवराज सिंह तथा नेपाल पूर्व–पश्चिम यातायात प्रालिका तर्फबाट अध्यक्ष धनबहादुर पुन, महासचिव विजय थापा र कोषाध्यक्ष नेपबहादुर खड्का तथा भलाई कोषका अध्यक्ष फुल्लेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोषका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु सहभागी थिए ।