April 22, 2025, Tuesday
२०८२ बैशाख ९

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण

सैनामैना– रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा उपकरण वितरण गरिएको हो ।

बुधबार सैनामैना नगरपालिकामा आयोजित कार्यक्तममा नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले म्याट ५० थान, ब्रस कटर १२ थान, विद्युतीय च्यापकट १७ थान किसानलाई हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्षको मत्स्य तथा पशुपन्छी व्यावसायिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको पशु विकास शाखा प्रमुख इन्द्रबहादुर खड्काले बताए ।

Advertisement

नगर प्रमुख शर्माले आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरिएको जनाए । मानवशक्ति कम लाग्ने र सजिलै काम गर्न किसानलाई सहज होस् भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको उनले बताए । यान्त्रिकरणको प्रयोगका कारण उत्पादन वृद्धि गर्न सकिने उनले जनाए । कृषि क्षेत्रको विकासका लागी नगरपालिका सधै तयार रहेको उनको भनाई छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाका वडा नं.४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले किसानको आवश्कतालाई मध्यनजर गर्दै अनुदानमा आधारित सामाग्री वितरण गरेको बताएका । नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताए । यान्त्रिकरण सामाग्री पाएपछि किसानले खुशी व्यक्त गरेका छन् ।