May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गाडीसहित अवैध चिनी बरामद

भैरहवा- भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनीसहित रुपन्देही प्रहरीले ढुवानी गरिएको गाडी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको मायादेवी गाउपालिका वडा नं. ५ पर्सहवाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा डीएसपी मनोहरप्रसाद भट्टले बुटवल उपमहानगरपालिका वडा नं. २ बस्ने बर्ष ३२ को ईश्वर भुसालले चलाएको र सोही ठाउँका २० वर्षका अर्जुन कुँवर सवार रहेको लु २ च २४ नम्बरको बोलेरो पिकअप गाडीमा भन्सार छलि गरेर भित्र्याएको चिनी बरामद भएको हो ।

उक्त गाडीबाट प्रहरीले ५६ बोरा चिनी बरामद गरेको थियो । प्रहरीले बरामद भएको चिनी र ढुवानीमा प्रयोग गरिएको गाडीसहित अन्दाजी ११ लाख ८२ हजार रुपैयाँ मूल्य रहेको जनाएको छ । बरामद भएको चिनी, गाडी र मानिससहित थप कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको भट्टले जनाए ।

Advertisement