May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गाैतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न नाट्टा लुम्बिनीको माग

भैरहवा- नेपाल एशाेसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशकाे एक प्रतिनिधि मण्डलले भैरहवास्थित गाैतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमकाे जहाज नियमित संचालन गर्न गराउन माग गर्दै नेपाल बायुसेवा निगममा ज्ञापन पत्र बुझाएकाे छ ।

Advertisement

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्व अध्यक्ष सन्जिव जाेशीकाे नेतृत्वमा काठमाडौं गएकाे प्रतिनिधि मण्डलले नेपाल बायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दाे छिटाे भैरहवाबाट नियमित उडान गराउन माग गरेका हुन् ।

Advertisement

बायुसेवा निगम सकारात्मक छ, सरकारले केही सहजिकरण गरेमा हामी संचालनमा लाग्छाैं´, निगमका नायब महाप्रबन्धक कालाखेतीले भने,हामीसँग चारवटा जहाज छ, यसैले केही समस्या भएकाे हाे । तर ब्यवसायीले चासाे राखेमा हामी जहाज उडान पहल गर्छाै ।´

४३ अर्ब भन्दा बढी लगानि गरेकाे गाैतमबुद्ध विमानस्थलमा नेपाल बायुसेवा निगमले भैरहवा -काठमाडौं र भैरहवा-दिल्ली उडान गरेमा फूल बुकिङ गराउन सिङ्गाे नाट्टा र ट्राभल्स ब्यवसायी लागिपर्ने प्रतिनिधि मण्डलका सदस्यले बताए ।

भैरहवाबाट बुद्ध , यति, श्री एअरलाइन्सका गरि १५ वटा जहाज उडान भरिरहेकाे बेला नेपाल बायुसेवा निगमले पनि संचालन भए जहाज सिट फुल बनाउन सहयाेग गर्ने पूर्व अध्यक्ष सन्जिव जाेशीले साे असरमा प्रतिबद्धता जााए ।

पर्यटन ब्यवसायी अधिकारी र जाेशी नेतृत्वको प्रतिनिधि मन्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पान्डे, महासचिव अन्जन श्रेस्ठ, नवलपरासी च्याप्टर अध्यक्ष भाेला पराजुली, नाट्टा कार्यसमिति सदस्य बरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश केसी सहभागी थिए ।

प्रतिनिधिमन्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्री क्यानका डिजी, विभिन्न एअरलाइन्सका प्रमुखसँग भेटेर भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडानकाे लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाे छ ।