साँवरियाको स्वादमा भैरहवाबासी


भैरहवा– यहाँस्थित एजी कृष्ण फुड प्रोडक्टस् प्रालिले संचालनमा ल्याएको साँवरिया मिठाई तथा खाजामा स्वाद लिनेको घुइँचो लागको छ । थरिथरिका मिठाइका स्वाद र विभिन्न परिकारमा खाजा पस्कँदै आएको साँवरिया यही आइतबारदेखि संचालनमा आएको हो । सिद्धार्थनगर–७ स्थित आवारोडमा शुद्ध साकाहारी र जैन परिकार उपलब्ध गराउने उद्देश्यले साँवरिया संचालनमा ल्याइएको संचालकले जनाएका छन् ।
आइतबार, सोमबार र मंगलबार तीन दिनसम्म साँवरियाले उद्घाटन सत्र आयोजना गरेको थियो । यो अवसरमा यहाँ आएर मिठाई र खाजाका स्वाद लिन सयौं आए । विभन्न स्वादमा लिएका पाहुना तथा ग्राहकले परिवार र आफन्तलाई मिठाई खरिद गरेर समेत लगेका थिए ।
संचालक अरुणकुमार अग्रवालका अनुसार तीन दिनसम्मको उद्घाटनको अवसरमा ५ हजार बढीले साँवरियाको अवलोकन गरेका छन् भने विभिन्न मिठाई र खाजाका परिकारको स्वाद लिएका छन् । ‘हाम्रो निमन्त्रणलाई स्वीकार गरेर यस क्षेत्रका सयौं साथीभाइ, इष्टमित्र, राजनीतिज्ञ, सुरक्षाकर्मी, उद्योगी–व्यवसायी र स्थानीय बासिन्दा साँवरियाको स्वाद लिन आउनु भयो, यसबाट हामी हर्षित छौं’, उनले भने, ‘आउँदा दिनमा पनि सबैको साथलाई हाम्रा परिकारलाई अझै उत्कृष्ट बनाउँदै लैजान्छौं ।’
उनले साँवरियाको अवलोकन गर्न आउनेलाई उद्घाटनका अवसरमा मिठाई लगायतका परिकारका स्वाद लिन आग्रह गरेको जनाए । यहाँ ४५ प्रकारमा मिठाई बनाएर विक्री गर्दै आएको अग्रवालले जनाए । उद्घाटनमा अवसरमा भैरहवा, तिलोत्तमा, बुटवल, लुम्बिनी लगायत रुपन्देहीका विभिन्न ठाउँबाट पाहुना र स्थानीय आएका थिए । यसका साथै सीमावर्ती भारतीय बजारका बासिन्दाले पनि साँवरियाको स्वाद लिएका थिए ।

साँवरियाको स्वाद लिएकाहरु अहिले दैनिकजसो पुनः मिठाई तथा खाजा खान र खरिदका लागि आउने गरेको संचालकले बताएका छन् । सिद्धार्थनगर–३ का आशा गुरुङले साँवरियाका मिठाई तथा खाजाको स्वाद लिँदा आफू सन्तुष्ट रहेको सुनाए । उनले धेरै प्रकारका र रोजाईका मिठाई एकै ठाउँमा खान तथा खरिद गर्न पाउँदा सहजता समेत भएको सुनाए ।
आकर्षक सजावट र ग्राहकको सुविधालाई मध्येनजर गरेर सञ्चालनमा ल्याइएको ‘साँवरिया’मा विभिन्न प्रकारका उच्च गुणस्तरका मिठाइ, प्रभातकालीन नास्ता, दिउँसोको खाजा उपलब्ध छन् । ग्राहकको चाहना अनुसार ‘साँवरिया’मा दक्षिण भारतीय खाजाकासाथै चीनी स्वादका परिकार उपलब्ध हुने सञ्चालक अग्रवालले जनाए । उनका अनुसार पूर्ण वातानुकुलित ‘साँवरिया’मा एकैपटक एक सय ३० जनालाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । साथै कार्यक्रम हलको समेत सुविधा रहेको उनले बताए । ‘साँवरिया’मा आउने पाहुनाका लागि नजिकै सानु डिपार्टमेन्टलमा पार्किङ सुविधा रहेको उनले जानकारी गराए ।
सञ्चालक अग्रवालले नाफामूलक भन्दा सेवा भावनाले यसको सुरुवात गरिएकाले आगामी दिनमा सामाजिक सुरक्षा दायित्व मार्फत् मुनाफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने पनि जानकारी गराए । आगामी दिनमा ग्राहकको अपेक्षा र माग अनुसार ब्राण्डलाई मुलुकका विभिन्न सहरमा ‘चेन’का रुपमा बिस्तार गरिने उनको भनाइ छ । ‘साँवरिया’ले आगामी दिनमा पारिवारिक र संघसंस्थाले आयोजना गर्ने भोजमा क्याटरिङ सुविधा उपलब्ध गराउने अर्का सञ्चालक ज्ञानेन्द्र कार्कीले बताए ।

‘साँवरिया’मा उपलब्ध सम्पूर्ण मिठाइका परिकारको ‘होम डेलिभरी’ सुविधा छ । ‘हामीले ‘साँवरिया’मा शुद्धता, गुणस्तर र सरसफाइलाई प्रथामिकता दिएका छौं,’ उनले भने, ‘अनुभवी कारिगढले तयार गर्ने मिठाइमा शुद्ध गाइभैँसीको घीउ प्रयोग गरिएको स्पष्ट पार्न चाहन्छौं ।’ यहाँ घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटक लक्षित गरेर मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएकाले यसले आन्तरिक र बाह्य पर्यटकलाई सुविधा पुर्याउने अर्का सञ्चालक कृष्णप्रसाद शर्मा (सानु)ले बताए ।
उद्घाटनको अवसर र त्यसपछि साँवरियाको स्वाद लिन आउनेको भीडले संचालकमा झन उत्साह थपेको छ । यहाँ आएर स्वाद लिएकाले सन्तुष्टि व्यक्त गर्दै आएका छन् भने आफन्तलाई पनि घरमा लग्ने गरेका छन् । ‘यसले हाम्रो उत्पादन गुणस्तर र आमउपभोक्ताको रोजाईमा छ भन्ने विश्वास बढेको छ’, संचालक अग्रवालले भने ।




प्रतिकृया दिनुहोस्