कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास


बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताए ।
उनले अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको जनाए । ‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ’, उनले भने, ‘यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ ।’ सो क्षेत्रमा डोजर लगाएर उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन् ।







प्रतिकृया दिनुहोस्