June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बर्दिया राष्ट्रिय निकुञ्जले पुन: सञ्चालनमा ल्यायाे जंगल सफारी

बर्दिया- बर्दिया राष्ट्रिय निकुञजले केही समय अघि बन्द गरेकाे जंगल ड्राइभ (जंगल सफारी) पुन: सञ्चालनमा ल्याउने भएकाे छ । पश्चिम नेपालकाे सबैभन्दा ठुलाे पर्यटकीय क्षेत्रका रूपमा चिनिएकाे बर्दिया राष्ट्रिय निकुञ्जले बर्षातकाे समयमा पानी नपरे पछि जंगल सफारीलाई पुन: सञ्चालनमा ल्याएकाे हाे ।

शुक्रबार एक सूचना जारी गर्दै बर्दिया राष्ट्रिय निकुञ्जले बर्षातकाे समयमा वन्द भएकाे जंगल सफारी बर्षात नभएका कारण सञ्चालनमा ल्याउने निर्णय भएकाे बर्दिया राष्ट्रिय निकुञजका संरक्षण अधिकृत अशाेक भण्डारीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा अवलाेन गर्न आउने पर्यटकहरूकाे सहजतालाई मध्यनजर गरेर जंगल सफारी पुन: सञ्चालनमा ल्याय पछि स्थानीय ब्यवसायी समेत उत्साहित भएकाे स्थानीय मदन चनाैराले बताए । यहाँ पछिल्लो समय पर्यटककाे आगमन राम्राे छ ।

Advertisement