June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

चालु वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए।

Advertisement

उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए। उनले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए।

Advertisement

उनले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको उल्लेख गरे।ऽ

उनले भने,‘असार १८ गतेसम्म सरकारको राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठेको छ। ९ खर्ब उठेको छैन। अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भन्नुभएको छ। आर्थिक वर्ष सकिन १२ दिन मात्रै बाँकी छ। औसत राजश्व संकलन ३ अर्बजति मात्रै हुन्छ। सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजश्व उठाउनुपर्ने हुन्छ। सरकारले ४० दिनको पनि प्रक्षेपन गर्न नसकेको हो कि? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदैछ?’

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए। उनले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गरे।