June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

युवा उद्यमी मञ्च रुपन्देहीमा श्रेष्ठ

बुटवल– नेपाली युवा उद्यमी मञ्च, रुपन्देही च्यापटरको सातौ बार्षिक साधारण सभा तथा अधिवेशनबाट २०८० को नयाँ नेतृत्वमा लागि सन्देश श्रेष्ठ चयन भएका छन् । भैरहवामा भएको साधारण सभाबाट आगमी बर्षका लागि श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका छन् । जसको प्रथम उपाध्यक्ष रिसव वझा, द्वितीय उपाध्यक्ष आदर्श श्रेष्ठ छन् ।

यस्तै, सदस्यहरुमा प्रतिक कसजु, अनिश कसौधन, शायना श्रेष्ठ, सुमन बश्याल, सुमित वझा, सुमित श्रेष्ठ, प्रविना घिमिरे, मन्जिल बिश्वकर्मा, बिराट जोशी निर्वाचित भएका छन् । कार्यक्रममा अध्यक्ष निरज लाकौलले बर्षभरिको कार्यप्रगतीको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे ।

Advertisement