May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लघुवित्तलाई ऋण असुल्न समस्या

कपिलवस्तु– जिल्लाको पश्चिमी क्षेत्रमा लघुबित्त बित्तीय संस्थाहरुले गरेको लगानी र ब्याज उठाउन समस्या भइरहेको छ । कतिपय स्थानीय तहमा लघुबित्तले चर्को ब्याज लिएर गरिव बिपन्नको उठीबास लगाएको भन्दै ऋणिले तिर्न मानिरहेका छैनन् भने केही ठाउँमा नेत्रविक्रम चन्द नेतृत्वको माओबादीले रकम उठाउन दिएको छैन् ।

Advertisement

विप्लब प्रभावित क्षेत्र विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाको वडा नं. ९ मा गत फागुन ११ गतेबाटै ऋण असुली हुन नसकेको बताइएको छ । आफूहरुले ऋण ब्याज उठाउन नसकेको स्वाभिमान लघुबित्त बित्तीय संस्था बिजयनगर शाखा प्रबन्धक जमुनाप्रसाद शाहले बताए । ‘बिजयनगरमा मात्रै ७ करोड २३ लाख ऋण लगानी गरेका छौं,’ उनले भने्, ‘फागुन ११ यता एक पैसा पनि उठन सकेको छैनौं ।’

Advertisement

विप्पल कार्यकर्ताले सरकारसँग आफूहरुले ब्याज घटाउन भनेको र घटेर आएपछि मात्र साबा ब्याज फिर्ता गर्न भनेको उनले बताए । ‘लघुबित्त संघर्ष समितिको आन्दोलन चर्किएपछि गत फागुनदेखि ऋण र ब्याज असुली गर्न गाउँघरमा लघुबित्त कर्मचारी आएका थिएनन्’, स्थानीय रफिक मुसलमानले भने, ‘असार आउन थालेपछि फेरि गाउँ पस्न थालेका छन् । मिठोकुरा गरि फकाउँदै छन् । हामी फकिने पक्षमा छैनौं ।’

स्थानीयले आफूहरु कुनै हालतमा लघुवित्तका कर्मचारीको लहलहमा नलाग्ने जनाए । ‘हाम्रा माग सरकारलाई बुझाएका छौं’, शिवराज नगरपालिका ६, मजिगवाकी रामरति पासीले भनिन्, ‘सरकारले जे निर्णय गर्छ, त्यही अनुसार अघि बढ्छौं ।’ उनले विभिन्न १० लघुबित्तीय संस्थाबाट ६ वर्ष अघि १२ लाख ऋण लिएर पेशा व्यापार गरेको बताइन् ।

८ प्रतिशत ब्याजमा ऋण लिएकी उनले कमाई गरेर र दुई छोराहरुले कतारबाट पठाएको रकमले झण्डै १२ लाख रकम दिइसकेको बताइन् । तर, अझै ६ लाख तिर्न बाँकी छ भने पछि उनी छागाबाट खसेजस्तै भएकी छिन् । अघिल्लो वर्ष किस्ता तिर्न लघुबित्तीय संस्थाका कर्मचारीले खलोबाटै धान लगेर मिलमा कुटाएर चामल जबजस्ती बेच्न लगाएको र यसले निक्कै पीडा भएको सुनाइन् ।