March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एनआईसी एशियाद्वारा दुर्घटना बीमावापत १० लाख प्रदान

तिलोत्तमा– एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका सम्राट खनालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता (एम्बेसडर बण्डल) खोलेका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी घर भएका मृतक खनालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उनका बुवा लक्षमण खनाललाई बीमाबापतको रकम प्रदान गरिएको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले खनाललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

Advertisement

यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्न सक्नेछन् । औषधिउपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् ।

Advertisement

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरू मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको बैंकका लुम्बिनी प्रदेश प्रमुख कार्कीले जानकारी दिए ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको बताइएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।