April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सरकारले ल्यायाे १७ खर्ब ५१ अर्ब ३१ करोडकाे बजेट

भैरहवा- सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो बजेट गत वर्षको तुलनामा २.३७ प्रतिशत कम भएको बताए।

विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ।

Advertisement