May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लघुवित्तविरुद्ध रिले अनसन

बर्दिया– लघु वित्तीय संस्थाविरुद्धको संर्घष समितिले एक साता देखि गुलरियास्थित जिल्ला प्रशासन कार्यालयको मुलद्वार छेउमा रिले अनसन बसेका छन् । उनीहरुले लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण लगायत पाँच सुत्रिय माग गरेका छन् ।

गाउँ गाउँबाट आएका महिलाहरुले सडक पेटीमा बसेर रिले अनसनमा बस्दै आएका छन् । रिले अनसनमा बस्दै आएका उनीहरु आफ्ना माग पुरा नहुञ्जेल धर्नामा बसी रहने बताए । उनीहरुले बेलाबेला बजारमा प्रदर्शन गर्दै आएका छन् । संर्घष समितिका गुलरिया नगर अध्यक्ष रंजित बिक्रम शाहले लघु वित्तीय संस्थाहरु खारेज गर्न, लघु वित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न माग गरे ।

यस्तै, गरिब किसानको निःशुल्क ऋण प्रदान गर्न पाँच सुत्रिय माग रहेको बताए । उनले आवश्यकता र क्षमता आधारित काम र दामको व्यवस्था हुनु पर्ने र समाजवादी अर्थतन्त्रको विकास लागु गर्न सरकारसँग माग गरेको जनाए । जिल्ला प्रशासन कार्यालय अगावै सडकमा बसेर विहान १० देखि ५ बजे सम्म रिले अनसनमा बस्दै आएका छन् ।

Advertisement