September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

भैरहवाका रेष्टुरेन्ट, डान्सबार र मसाज सेन्टरमा सिद्धार्थनगरको अनुगमन

भैरहवा– नगर क्षेत्रमा संचालित रेष्टुरेन्ट, मसाज सेन्टर र डान्स बारमा सिद्धार्थनगर नगरपालिकाको कार्यालयले ेअनुगमन गरेको छ । नगरवासीले नगरमा यौनजन्य क्रियाकलापले समस्या भएको गुनासो गरेपछि रेष्टुरेण्ट, मसाज सेन्टर र डान्सबारमा अनुगमन गरिएको उपप्रमुख एवं अनुगमन समिति संयोजक उमा अधिकारीले बताइन् ।

Advertisement

नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र मानव बेचबिखनविरुद्ध लगायत क्षेत्रमा काम गर्ने शुभ अवसर ग्राम नेपालले संयुक्त रुपमा नगर क्षेत्रमा रहेका मनकामना रेष्टुरेन्ट, स्टार रेष्टुरेन्ट, रोयल स्पा प्यालेस, होटल लुम्बिनी गेष्ट एण्ड रेष्टुरेन्ट (डान्सबार) मा अनुगमन गरेका हुन् ।

Advertisement

अनुगमनको क्रममा यौनजन्य गतिविधि नगरेको तर केही स्थानमा शंकास्पद गतिविधि देखिएकाले व्यवसाय संचालकलाई सचेत गराइएको उपप्रमुख अधिकारीले बताइन् । ‘यौनजन्य क्रियाकलाप हुने गरेको भन्ने स्थानहरुमा सूचनाका आधारमा अनुगमन गरेका थियौँ’, उपप्रमुख अधिकारीले भनिन्, ‘केही स्थानमा शंकास्पद गतिविधि पाइएपछि व्यवसाय संचालकलाई पहिलो पटकका लागि सचेत गराएका छौँ ।’

केही रेष्टुरेन्टमा शंकास्पद अवस्थामा फेला परेका युवतीहरुले अनुगमन टोलीसँग यौनजन्य क्रियाकलापमा संंग्लन नभएको बताए पनि उनीहरुलाई काउन्सिलङ्ग समेत गरिएको थियो । अनुगमनमा मूल्यसूची नभएको, आगन्तुक दर्ता पुस्तिका नभएको, सरसफाई नभएको, कर्मचारीको परिचय पत्र नभएको, व्यवसाय कर नविकरण नभएको, डे«स कोड नभएको लगायत कैफियत देखिएकाले पहिलो पटकका लागि सचेत गराइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं समाजिक विकास शाखाका प्रमुख यादवप्रसाद सापकोटाले बताए ।