March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

होटल पौवाका तीन शाखामा न्यु इयर इभ

बुटवल– अघिल्लो वर्ष जस्तै अँग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मूल नारासहित नयाँ वर्ष सांगितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो ।

Advertisement

११ वटा शाखा मध्य पौवाका तीन वटा शाखा बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट मध्यराती नयाँ वर्ष प्रारम्भ हुँदासम्म बिशेष सांगीतिक कार्यक्रम गरिने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । ‘सांगितिक कार्यक्रममा प्रवेश निःशुल्क छ’, उनले भने । कार्यक्रममा न्युनतम शुल्कमा खानाका परिकारका साथै कलाकारहरुको प्रस्तुती समेत रहेको उनले बताए ।

Advertisement

बुटवलमा प्रकाश धुतराज, मिलन नेवार, र खुमन अधिकारीको प्रस्तुति रहने छ । यसैगरी भैरहवामा नेपाल आइडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरिको प्रस्तुति रहने छ भने घोराहीमा नेपाल आइडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जनाए ।

होटलमा सहुलियत मूल्यमा खानाहरु उपलब्ध हुने उनले बताए । ‘न्युनतम ५० रुपैयाँबाटै खाना नास्ताको व्यवस्था गरिएको छ’,। उनले भने । स्थापनाको ६ वर्षको अवधिमा नै देशका ११ मुख्य शहरमा होटलको सेवा दिन सफल भएको उनले बताए । होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले मिशन हन्ड्रेडको लक्ष्यसहित अगाडि बढेको भएपनि कोभिड संक्रमणका कारण लक्ष्य प्राप्तीमा केही व्यवधान आएको बताए ।

शाखा विस्तारको क्रममा संघीय राजधानी काठमाडौं र मधेश प्रदेश जनकपुरमा विस्तारको सम्भाव्यता अध्ययन भैरहेको उनले बताए । ‘लुम्बिनी प्रदेशका मुख्य पर्यटकीय स्थलहरुमा पौवाको पहुँच पुगिसकेको छ, अन्य प्रदेशहरुमा पनि अध्ययन गरिरहेका छौं’, उनले भने ।

होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले होटल व्यवस्थापनमा नयाँ सोचका साथ सेवा दिन सफल भएको बताए । उनले टिपिकल नेपालीपनको सेवा दिने गरी नया ढंगबाट सेवा दिन सफल भएको दावी गरे । प्रायः होटलहरुले विदेशी हस्पिटालिटीको ब्राण्डमा सेवा दिने गरे पनि पौवाले नेपाली टिपिकल हस्पिटालिटीको विकास गरेर पहितान दिने प्रयास गरेको उनले बताए । पछिल्लो समय पौवाको मरौठी चिकन र मरौठी पनिर विशेष परिकारका रुपमा ग्राहकले मन पराइदिएको पनि भण्डारीले बताए । सेवासँगै नेपाली संस्कृति जगेर्नालाई प्राथमिकता दिएको उनले बताए ।

शिवरात्री, माघि, जन्माष्टमी, तिज, असार १५ मा दहि चिउरा खुवाउने, भजनक्रितन गर्ने जस्ता धर्मसंस्कृति जगेर्ना र प्रचारप्रसारमा लागेको उनले बताए । हाल बुटवल शाखामा ३५ क्षमता बेड, आकर्षक एक हजार क्षमताको हल, भैरहवा र पोखरामा १ हजार ५ सय क्षमताको हल तथा हरेक होटलहरुमा बैठक र गोष्ठी गर्न मिल्ने हलहरुको सुविधा रहेको उनले जानकारी दिए । होटलका बुटवल, भैरहवा, पाल्पा, रेसुंगा, पोखरा, गोरुसिंगे, भालुवाङ, लमही, घोराही, धनगढी, जुम्लामा शाखा रहेका छन् । पौवाका ११ शाखामा दैनिक ७ सय ५० जनालाई बसाईको सेवा दिनसक्ने क्षमता रहेको छ । देशभरका ११ वटा शाखामा ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।