March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी राष्ट्रिय महोत्सव सुरु (फोटोफिचर)

भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा सुरु महोत्सवको शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

Advertisement

कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा २ सय ५० वटा स्टल रहेको स्टल व्यवस्थापन समिति संयोजक एवं संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । पुस ४ गतेसम्म चल्ने महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने संघको विश्वास छ ।

Advertisement

१० करोड करोबार हुने अपेक्षा गरिएको महोत्सवले कोरोनाले थला परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जनाए । महोत्सव उद्घाटन अघि भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित र्याली निकालिएको थियो । विभिन्न समुदायको कलासंस्कृति झल्किने गरी निकालिएको र्यालीमा सर्वसाधार, उद्योगी व्यवसायी लगायतको उल्लेख सहभागिता थियो ।

र्यालीमा विद्यालय, संघसंस्था, उद्योगी व्यवसायीको गरी ३६ संस्थाको सहभागिता रहेको आयोजकले जनाएका छन् । र्याली देवकोटाचोकबाट बैंकरोड, मिलनचोक, नारायणस्थान, बर्मेलीटोल, बुद्धचोक हुँदै मेलास्थल पुगेको थियो । महोत्सव उद्घाटनमा सर्वसाधारण बाक्लो उपस्थिति थियो । विविभिन्न विद्यालयका विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।