March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

प्रबर्द्धन सहकारीको १२औं साधारणसभा

भैरहवा– सिद्धार्थगर नगरपालिका–७ स्थित प्रबर्द्धन बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभा बोल्ने वक्ताहरुले सहकारीहरुले नीति, नियममा रहेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

Advertisement

सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सर्वसाधारणको स–सानो पुँजी जम्मा हुने भएकाले सहकारीले जोखिमरहित क्षेत्रमा लगानी गर्नुपर्ने बताए । अहिले धेरै सहकारीले निक्षेप फिर्ता नसकेको समाचारहरु आइरहेको जनाउँदै त्यसतर्फ प्रबद्र्धनले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे ।

Advertisement

सहकारीका अध्यक्ष नारायणप्रसाद न्यौपानेले प्रबद्र्धनले बचतकर्तालाई अधिकतम लाभ मिल्ने गरी सहकारीको ऐन, नियमअनुसार कारोबार गरिरहेको बताए । उनले सबै सदस्यहरुको सल्लाहसुझावका आधारमा सहकारी अघि बढेका कारण आज सफल र सक्षम हुन सकेको जनाए ।

४ सय ५५ जना शेयर सदस्य रहेको सहकारीको कुल पुँजी ६ करोड २ लाख ३३ हजार छ । यस्तै, शेयर निक्षेप १ करोड ६७ लाख छ भने लगानी ५ करोड ३३ लाख रहेको अध्यक्ष न्यौपानेले बताए । कुल निक्षेप ४ करोड ४३ लाख रहेको सहकारीको जगेडा कोषमा २१ लख रुपैयाँ रहेको छ । सहकारीले कृषि, उद्योग–व्यापार र महिला उद्यमशिलताका क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।

साधारणसभामा अध्यक्ष न्यौपाने अध्यक्षको र कोषाध्यक्ष कृष्णप्रसाद पन्थीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको सहकारीकी व्यवस्थापक कविता जिसीले बताइन् । कार्यक्रम सहकारीका उपाध्यक्ष नारायण बहादुर कार्कीको स्वागत तथा सचिव भेषराज बश्यालको संचालनमा सम्पन्न भएको थियो ।