लुम्बिनीमा थन्किएका विद्युतीय बस भोलिदेखि संचालन हुँदै


भैरहवा– लामो समयदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस संचालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन संचालन नहुँदा तीन वर्षदेखि थन्किरहेका थिए ।
विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणको तत्काल सवारी संचालन गर्न लुम्बिनी विकास कोष र सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।
गृहमन्त्री निर्देशन सँगै बिहीबार (भोलि)देखि विद्युतीय बस संचालनमा ल्याउन लुम्बिनी विकास कोषले तयारी गरेको जनाएको छ । गृहमन्त्रीको निर्देशन लगत्तै बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधीकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन ब्यवसायीका सघंसस्थाको बैठकले तत्काललाई पाँचवटा बस संचालनमा ल्याउने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँचवटा बसहरु बिभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको बताए ।
ति बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग शुल्क नलिने र अन्य आवश्यक सहयोग र समन्य पर्यटन तथा उद्योगी ब्यबसायीहरुसँग पनि गरिने छ । थन्किएका बसहरु निःशुुल्क रुपमा संचालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुुग्ने विश्वास लिइएको पाण्डेले बताए । तत्काललाई बेलहिया, गौतमबुद्ध बिमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सचांलन हुने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज (सिद्धिचरण) भट्टराईले जानकारी दिए ।
कोषले सबै विद्युतीय बस तथा भ्यानहरु यही असोज १५ गतेदेखि परीक्षण संचालनमा पनि ल्याउने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिङ स्टेशन र गाडीहरुको मेसिनरी परीक्षण स्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । १२ करोडका ५ बस र १४ भ्यान (ट्याक्सी) एडीबीले तीन बर्ष अघि दिएको थियो ।
अहिले सवै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाइए पनि बस संचालन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लान्टबाट ५४ लाख मूल्यको विद्युत समेत खेर गइरहेको छ । गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडीबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचिकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो ।
अहिले मोडालिटी नबन्दा बस संचालनमा ढिलाई भएको हो । कुन मोडलबाट विद्युतीय सवारी संचालन गर्ने ? भन्नेबारे अझै मोडालिटी पनि बनेको छैन । यद्यपि गृहमन्त्रीको निर्देशन पछि भने तत्कालका लागि बस संचालन गर्न लागिएको हो । लुम्बिनी विकास कोषले भने सवारी संचालनका लागि मोडालिटी बनाइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्