April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

टुगा आस्थाको साधारणसभा, बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड

भैरहवा– रुपन्देहीको कटैयामा केन्द्रिय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.को ४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार आयोजित साधारण सभामा बोल्ने बक्ताहरुले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

साधारण सभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बचतकर्ता, ऋणि र सम्पूर्ण सदस्यहरु सहकारीप्रति बफादार हुनुपर्नेमा जोड दिए । उनले सहकारीकर्मी एकताबद्ध भएर नलागे संस्थामा समस्या देखिने जनाउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । ढकालले पछिल्लो समय बैंकहरुले सहकारी बचतकर्ताहरुलाई प्रलोभनमा पारेर बचत फिर्ता गराएर बैंकमा जम्मा गराउन खोजिरहेको जनाउँदै सजग रहन अनुरोध गरे ।

Advertisement

‘यो बैंकहरुको बद्मासी हो, यदि बैंकहरुले यसो गरे भने हामीले बैंक बहिष्कार गर्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने, ‘सहकारीकर्मीहरु एकठाउँ उभिएर सचेत हुनुपर्ने बेला आएको छ । यस्ता कुराहरुमा विशेष ख्याल गरौं, ध्यान दिएर अघि बढौं ।’ उनले सहकारीलाई सबै मिलेर संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै धेरैभन्दा धेरै बचत गर्ने बानीको विकास गर्न आग्रह गरे ।

नेफ्स्वूmन संचालक संदीप सापकोटा, रुपन्देही बचत तथा ऋण सहकारी संघ लि. (रुस्कून) अध्यक्ष प्रकाश भट्टराई, लुम्बिनी विशिष्टिवकृत सहकारी संघ लि. (लुस्कून) अध्यक्ष डा.खगराज शर्मा, टुगा आस्थाका अध्यक्ष धालबहादुर थापा (डीबी) लगायतले बोल्दै ढुक्क भएर यो संस्थासँग कारोबार गर्न आग्रह गरे । उनीहरुले संस्थाको प्रगति राम्रो भएको र संस्थाप्रति जनविश्वास पनि बढीरहेको जनाए । पुँजी जम्मा गर्ने र ऋण लिन कुनै हिच्किच्याउन नपर्ने उनीहरुको भनाई छ । उनीहरुले टुगामा बढीभन्दा बढी पुँजी जम्मा गर्न र ऋण लिन पनि अनुरोध गरे ।

कार्यक्रममा अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति सदस्य मनोजकुमार क्षेत्रीले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष थापाका अनुसार आर्थिक वर्ष २०७८–२०७९ सम्म आइपुग्दा संस्थाको शेयर पुँजी ७ करोड ४० लाख ५२ हजार ८ सय छ भने बचत निक्षेप ५४ करोड ४६ लाख ९६ हजार बढी छ । यस्तै, ऋण लगानी ५८ करोड ५२ लाख ८५ हजार ९८८, संस्थागत कोष ६ करोड ८० लाख ५२ हजार ८ सय छ । यसैगरी अन्य कोष ४९ लाख ८३ हजार ८४०, जोखिम कर्जा कोष १ करोड २९ लाख ४८ हजार १३५, मुनाफा २ करोड ८० लाख १७ हजार ९८३ छ । यस्तै, जम्मा पुँजी ७३ करोड, ८३ लाख ६३ हजार ५३८ रुपैयाँ छ । संस्थामा सदस्य संख्या ६ हजार ९ जना छन् ।

साधारणसभामा उत्वकृष्ट बचतकर्ता र ऋणी सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । यस्तै, ऋण बीमा रकम पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का, नेफ्स्कून फिल्ड कार्यालय प्रमुख छत्रप्रसाद धमला, संस्थाका प्रमुख सल्लाहकार ताराप्रसाद छन्तेललगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष पर्शुराम बाँस्तोलाको स्वागत तथा लेखा सदस्य मनोजकुमार क्षेत्रीको संचालनमा कार्यक्रम भएको थियो ।