September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

नेपालगञ्ज— स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधीलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च नबुझाउने बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए ।  

उनीहरु स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी भएका थिए। सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उनले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे । 

Advertisement