December 5, 2024, Thursday
२०८१ मंसिर २०

जन्मदिनको अवसरमा सहिद परिवारलाई सहयोग

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आफ्नो जन्मदिनको अवसर पारेर सहिद परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

उनले शुक्रबार रोहिणी गाउँपालिका–५ का स्व. रामेश्वर पासीको परिवारलाई आफ्नो एक महिनाको पारिश्रमिक वापतको ३३ हजार रुपैयाँ प्रदान गरेका हुन् । स्व. पासीका श्रीमती र चार जना छोरी छन् । पासी मधेश आन्दोलनको सहिद हुन् ।

मधेश आन्दोलनमा क्रममा ज्यान गुमाएका रामेश्वर पासीको परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको अध्यक्ष यादवले जानकारी दिए । त्यस्तै गाउँपालिका अध्यक्ष यादवले सहिद स्व. पासीको परिवारलाई खाद्यान्न सामग्री समेत प्रदान गरेका छन् ।