अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार तर संचालनको मोडालिटी अझै बने
बुटवल– रुपन्देहीको बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । तर, मोडालिटी नबन्दा संचालनमा अन्यौल भएको छ । बुटवल उपमहानगरपालिका–८, रामनगरमा सरकारले महत्वकांक्षी परियोजना मानिएको सम्मेलन केन्द्र निर्माण गरेको हो ।
संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र निर्माण गरेको हो । दुई चरण गरी सम्झौता लागु भएको ५ वर्षमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना मानिस अट्ने सभा हल बनाइएको छ ।
२०७१ साल पुसबाट ९.६ बिघामा केन्द्र निर्माण सुरु गरिएको थियो । सुरुमा रुख कटानका कारण निर्माण ढिलाइ भएको थियो भने दोस्रो चरणमा २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो तर त्यो भन्दा अगाडि नै निमार्णको काम सकिएको छ । सम्मेलन केन्द्र चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ ।
बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले पछिल्लो समय थप गरिएको समय अगाबिै काम सकिएको जनाउँदै यो अत्याधुनिक रहेको जनाए । यहाँ सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ ।
सम्झौता भएपछि झन्डै २ वर्ष रुख कटानका लागि समस्या व्योहोरो निमार्ण कम्पनीले जनाएको छ । बनको सहमति पछि ३६ महिनामा काम सकिएको हो । सम्मेलन केन्द्रलाई बुटवलवासीहरुले गौरवको रूपमा लिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जव कसजुले बताए । उनले बुटवलमा अव आर्थिक गतिविधिहरु थप चलायमान हुने अपेक्षा राखेको जनाए । निमार्ण सँगै उद्योगी व्यवसायी सबैको लागि खुसीको विषय रहेको उनको भनाइ छ ।
राजमार्गसँगै जोडिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १ हजार जना बस्ने कुची राखिएको छ । त्यस बाहेक बैठक कक्ष रहेको छ । साइटका अन्य कुर्चीहरू राखेर बस्ने मिल्ने ठाउँ । अहिले हलमा राखिएका कुर्ची फिक्स नै रहेको आयोजना प्रमुख इन्जिनियर पन्थीले बताए ।
लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको हो । विद्युत् लागि छुट्टै सब–स्टेसन राखिएको छ । ६३० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ । यस्तै प्रवेश हुने र बाहिरिने गरी ५ वटा अलग–अलग गेटको व्यवस्था छ । विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी ३ वटा गेटमध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटाबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउन्टर समेत बनाइएको छ । सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ । भौतिक पूर्वाधारका रुपमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसले सञ्चालन गर्ने भन्नेमा सरकारले अझै निर्णय गरेको छैन । काठमाडौँ बानेश्वर हल, गोदावरी हलको मोडिलाटी जाने कि स्थानीय तह बुटवल नगरपालिकालाई दिने या मन्त्रालय आफै सञ्चालन गर्ने भन्नेमा यसअघि बुटवल आएका बेला सहरी विकास मन्त्री मेटमणि चौधरीले सामान्य छलफल गरेका थिए ।
उनले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्राविधिकहरुसँग सल्लाह गरेका थिए । यस्तै सञ्चालनको लागि बुटवल उपमहानगरपालिकासँग सामान्य छलफल भएको थियो । नेपालको झन्डा आकारमा बनाइएको सभा हल तत्काल प्रयोग गर्न मिल्ने भएको छ । तर सभाहल बाहेक अन्य हलहरुलाई सजावट गर्न बाँकी रहेको छ ।
यस्तै पर्दा, कारपेट, भित्रको केही ठाउँका रंगरोगन गर्न बाँकी छ । किनकि सञ्चालनको जिम्मा लिएपछि सल्लाहमा त्यो रग रोगन कारपेट, पर्दा हाल्ने मनसाय रहेको आयोजना प्रमुख पन्थीले बताए । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भए पनि अझै टुङ्गो उनले नगालेको बताए ।
प्रतिकृया दिनुहोस्