December 4, 2024, Wednesday
२०८१ मंसिर २०

अपाङ्गता भएकालाई ह्विल चेयर

बुटवल– रोटरी क्लव अफ बुटवलले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको छ । क्लवले शनिबार १४२८ औं नियमित बैठकको अवसर पारेर शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरेको हो । त्यस अवसरमा १० थान ह्वील चेयर वितरण गरिएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

क्लवले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारी, पूर्व डिजी एवं डिष्ट्रिकका अधिकारीहरुको हातबाट ह्वील चेयर वितरण गरेको थियो । कार्यक्रममा डिष्ट्रिक गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहित गर्नुपर्ने भन्दै रोटरी क्लव अफ बुटवलले गरेको मानवीय कार्यको प्रशंसा गरे ।

Advertisement

उनले रोटरी टिममा काम गर्ने र टिममा हिंड्ने संस्था भएकाले यसको महत्व र आवश्यकता बढ्दै गएको भन्दै सामाजिक क्षेत्रमा देखाएको अग्रसरता र विभिन्न रचनात्मक कामका कारण रोटरीयनप्रतिको विश्वसनियता बढ्दै गएको बताए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरी र वासुदेव गोल्याल, डिजिएम राजेन्द्रमान शेरचन, डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजू, रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष हरिप्रसाद पौडेल, सचिव लालहरि पाण्डेलगायतले पनि बोलेका थिए । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी अमित गिरीलगायतका डिष्ट्रिक अधिकारीहरुको पनि उपस्थिति थियो ।

बैठकमा इन्ट्रयाक्ट क्लव अफ पामिर एकेडेमी, इन्ट¥याक्ट क्लव अफ अक्सफोर्ड मावि, इन्ट्रयाक्ट क्लव अफ क्यानन मावि, इन्ट¥याक्ट क्लव अफ दिप बोर्डिङएवं इन्ट्रयाक्ट क्लव अफ कालिका मानवज्ञान माविलाई इन्ट¥याक्ट सामग्री वितरण गरिएको थियो ।