July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ यात्रु घाइते, ६ जना गम्भीर

नवलपरासी– नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ।

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

Advertisement