भैरहवाको बसडिलवामा होटल प्रिमियर प्यालेस सञ्चालनमा
भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगैं रुपन्देहीको भैरहवामा होटल खुल्ने क्रम ह्वात्तै बढेको छ । भैरहवामा अहिले साना, मध्यमदेखि तारे होटलसम्म धमाधम सञ्चालनमा आइरहेका छन् । यसैक्रममा सिद्धार्थनगर–८, बसडिलवास्थित शिवमन्दिर लाइनमा होटल प्रिमियर प्यालेस शुक्रबारबाट सञ्चालनमा आएको छ ।
उक्त होटलको सिद्धार्थनगर नगरपालिकामा प्रमुख इस्तियाख अहमद खानले शुक्रबार बिहान उदघाटन गरेका हुन् । कोरोना महामारीको अत्यासलाग्दो तीन वर्षमा यस क्षेत्रको पर्यटन व्यावसाय धरासायी बनेको थियो । अहिले संक्रमणमा कमी आएसँगैं पर्यटन क्षेत्र फेरि लयमा देखिएको छ ।
यसैक्रममा रुपन्देहीको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्दे्र्रश्यले होटल सञ्चालनमा ल्याइएका प्रबन्ध निर्देशक प्रकाश खनालले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘जिल्लामा अन्तर्राष्ट्रिय नाका भएकाले पर्यटन क्षेत्रमा केही गरौं भन्ने उद्देश्यले होटल प्रिमियर प्यालेस प्रालि संचालनमा ल्याएका छौं,’ प्रवन्ध निर्देशक खनालले भने, ‘पढाईको सिलसिलामा ९ वर्ष बेलायत बसाइँका क्रममा मैले त्यहाँका होटल तथा रेष्टुरेन्टहरुमा काम गर्ने अवसर पाएको थिएँ, त्यसक्रममा मैले पर्यटन र होटल क्षेत्रमा धेरै अनुभव संगालेको छु । त्यही अनुभवलाई प्रयोग गरी आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्यले यो होटल संचालनमा ल्याएका हौं ।’
शान्त र पारिवारिक वातावरणमा आन्तरिक, भारतीय र बाह्य पर्यटकलाई सुलभ, भरपर्दो तरिकाले सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार होटल साढे दुई कट्ठा क्षेत्रमा फैलिएको छ । यसको आफ्नै पार्किङ रहेको छ । ‘अहिलेसम्म जमिनसहित होटलमा पाँच करोड जति लगानी भइसकेको छ,’ खनालले भने, ‘यसलाई बिस्तार गर्ने क्रममै छौं ।’
उनका अनुसार होटलका आफ्नै विषेशता छन । ‘ शान्त तथा पारिवारिक वातावरण रहेको होटलमा पार्टी प्यालेस, सभाहल, रेष्टुरेन्ट र बार रहेको छ,’ खनालले भने, ‘हामी कहाँ बिवाह, ब्रतबन्ध, गोष्ठी, सेमिनार लगायत सबै किसिमका कार्यक्रम गर्नका लागि क्याटरिङको व्यवस्था छ ।’
खनालका अनुसार २४ सै घण्टा खाना र बास बस्नका लागि सुविधा रहेको छ । ‘सामान्यदेखि स्वीट रुमसम्मको व्यवस्था छ,’ उनले भने, ‘सुपथ मूल्यमा उपलब्ध गराइरहेका छौं ।’ उनका अनुसार होटलमा आउने पाहुनाहरुका लागि बेलहिया नाका र एयरपोर्टबाट आउजाउका लागि गाडी सुविधा रहेको छ ।
‘शुभारम्भ अवसरमा होटलका सबै सेवामा १० प्रतिशत छुट व्यवस्था गरेका छौं,’ उनले भने, ‘१७ वटा कोठा रहेको होटलमा तारे होटल सहरका कोठाहरु दुई हजारदेखि ४ हजार रुपैयाँसम्म न्युनतम मूल्यमा उपलब्ध गराएका छौं ।’ उनका अनुसार अहिले होटलले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘आगामी दिनमा होटललाई स्तरोन्नती गर्दै अघि बढ्ने योजना बनाएका छौं,’ उनले भने ।
प्रतिकृया दिनुहोस्