अर्घाखाँचीमा पशुसेवा विज्ञ केन्द्र संचालनमा
अर्घाखाँची– यहाँ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संचालनमा आएको छ । एक कार्यक्रबीच केन्द्रको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशका कृषि, खाद्य व्यवस्था तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले विज्ञ केन्द्र भवनको उद्घाटन गरेकी हुन् ।
मन्त्री रायमाझीले आमनागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई अनुरोध गरिन् । । उनले कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको व्यावसायिक विकासमा सरकारले ध्यान केन्द्रित गरेको बताइन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्