December 10, 2024, Tuesday
२०८१ मंसिर २५

सुनका गहनासहित एक यात्रु पक्राउ

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको भन्सार कार्यालयले शनिवार बिहान १ सय २२ ग्राम सुनको गहनासहित एक यात्रु पक्राउ गरेको छ । पाल्पा रिब्दीकोट गाउँपालिका–१ का ३४ वर्षीय राजेन्द्र कामीलाई भन्सारले पक्राउ गरेको हो ।

कामीले लगाएको जुत्ताको मोजा भित्र ३ थान सुनको सिक्री र १ थान ब्रासलेट भेटिएपछि बरामद गरिएको हो । १ सय २२ ग्राम उक्त सुनको मूल्य ९ लाख ९० हजार रुपैयाँ बराबर रहेको विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख तीर्थराज पासवानले बताए ।

Advertisement

उनी कतारबाट ट्रान्जिट भएर कुवेत हुँदै जजिरा एयरलाइन्सको बिमानबाट बिहान ६ बजे भैरहवा आइ पुगेका थिए । उनलाइ बिहान ८ बजे भन्सारको वाकथ्रु मेसिनमा चेकजाँच गर्दा उनले सुन ल्याएको कुरा खुलेको हो ।

पक्राउ परेका कामीलाई स्वास्थ्य परीक्षण गराइ शनिबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आइतबार भन्सार कार्यालयले बुझेर थप कारवाही बढाइने पासवानले जनाए ।