सबै फरक क्षमता भएकालाई सामाजिक सुरक्षाभत्ता
पाल्पा– फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई पाल्पाको को बगनासकाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।
पहेँलो कार्ड भएकालाई मासिक पाँच सय रुपैयाँ र सेतो कार्ड भएकालाई मासिक तीन सय रुपैयाँका दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको हो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँ प्रोत्साहन दिने निर्णय गाउँपालिकाले गरेको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।
हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको चिदीले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस्