रुपन्देहीका १६ स्थानीय तहलाई संघबाट ७ अर्ब ३४ करोड बजेट
भैरहवा– संघीय सरकारले रुपन्देहीका १६ स्थानीय तहलाई आर्थिक वर्ष ०७९–८० को बजेटमा ७ अर्ब ३४ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । संघले सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकालाई बजेट छुट्याएको छ । जेठ १५ गते संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा रुपन्देहीका स्थानीय तहलाई विशेष प्राथमिकता दिएर बजेट छुट्याइएको हो ।
संघले तिलोत्तमा नगरपालिकाले ८९ करोड ६९ लाख बजेट छुट्याएको हो । तिलोत्तमाले समानीकरण अनुदानमार्फत २६ करोड ७० लाख, सःशर्त अनुदानतर्फ ६० करोड १९ लाख, विशेष अनुदातर्फ १ करोड ५० लाख र समपुरक अनुदानतर्फ १ करोड २० लाख बजेट पाएको छ । यस्तै, बुटवल उपमहानगरपालिकालाई ८६ करोड ४३ लाख बजेट उपलब्ध गराएको छ । जसमा समानीकरण अनुदानमार्फत ३४ करोड ८० लाख, सःशर्त अनुदानमार्फत ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत ६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
देवदह नगरपालिकाले ४८ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड २९ लाख, सिद्धार्थनगर नगरपालिकाले ५६ करोड र सैनामेना नगरपालिकाले ४३ करोड ७२ लाख बजेट संघ सरकारबाट पाएका छन् । यस्तै, सियारी गाउँपालिकाले ४३ करोड १३ लाख बजेट पाएको छ । १० वटा गाउपालिकामध्ये सियारीले सबैभन्दा धेरै बजेट पाएको हो ।
ओमसतिया गाउँपालिकाले सबैभन्दा कम ३० करोड २७ लाख बजेट पाएको छ । कंचन गाउँपालिकाले ३५ करोड ८३ लाख, कोटहीमाई गाउँपालिकाले ३२ करोड ६६ लाख, गैडहवा गाउँपालिकाले ३५ करोड ६९ लाख, मर्चवारी गाउँपालिकाले ३३ करोड १९ लाख, रोहिणी गाउँपालिकाले ३६ करोड ११ लाख, शुद्धोधन गाउँपालिकाले ३५ करोड ४१ लाख, सम्मरीमाई गाउँपालिकाले ३४ करोड ९६ लाख र मायादेवी गाउँपालिकाले ३८ करोड ७३ लाख पाएको छ ।
प्रतिकृया दिनुहोस्